
कपिलवस्तु माघ १० ,
हुलाकी सडक निर्माणका क्रममा सु्चना बार्ड नराखिदा दुर्घटनाको क्रम समेत बढेको छ । सडकको नाली र साना पुल निर्माणकाक्रममा खाल्टो पारिएको क्षेत्रमा सामान्य सुचना बोर्ड समेत नराखिदा दुर्घटनाको जोखिम बढेका हो । स्थानीय अगुवा प्रकाश घिमिरेले ठकेदारले सडक निर्माण गर्दा कहि कतै सुचना बोर्ड समेत नराख्दा दुर्घटनाको जोखिम बढेको बताए ।
खाल्टोमा मोटरसाईल, सवारी साधन यात्रु पशुचौपाया समेत खस्ने गरेको उनले बताए । उनले सडक निर्माणको सुचना बोर्ड ठाउ ठाउमा राख्नु पर्ने बताए । एक साता अघि नयाटोल स्थित चोकमा सानो पुल निर्माणकाक्रममा बनाइएको खोल्टोटमा भारतीय मालबाहक सवारी साधान फसेको थियो ।



सडक निर्माणको सुचना नहुदा सो बाटोमा सो ट्रक फसेको थियो ।३ दिन पछि बल्ल ट्रकलाई निकालिएको थियो । हुलाकी रामजार्ग कार्यान्वय ईकाई गोरुसिंगेका ईन्जीनीयर बिरेन्द्र गुप्ताले सडक निर्माणकोक्रमा सुचना बार्ड नराखेको स्विकार गरे । उनले ठेकेदारलाई सुचना बार्ड राख्न निर्देशन दिईने बताए ।









