
एजेन्सी ।
जब दिनको शुरुवात एक कप चियाबाट गर्ने बानी परेको छ भने तपाईको लागि अदुवा चिया निकै फाइदाजनक हुनेछ । अदुवा हालेको चिया स्वादका साथै स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।
के के छन् त अदुवा चियाका फाईदाहरु :



-अदुवाको चिया पिउँदा पाचक क्रियामा सुधार आउनेछ ।
-धेरै खाना खादा अदुवाले पचाउन सहायता गर्छ ।
-अदुवाको चियाले पेटको समस्या समेत कम हुन्छ ।
-पेटमा भएको जलनसमेत हट्छ ।
-यसमा भएको भिटामिन, मिनरल्स तथा अमिनो एसिडले रगत प्रवाहलाई राम्रो बनाउँछ ।
-अदुवाको चियाले शरीरको सवै विकारलाई बाहिर निकाल्छ भने छाला समेत सफा हुन्छ भने अनुहारमा समेत चमक आउँछ ।
-मानसिक तनावलाई कमी गर्न पनि अदुवा चियाले फाइदा पुग्छ ।
-महिलामा मासिक धर्मको समस्या छ भने अदुवाका चिया पिउदा त्यसले फाइदा पुग्छ ।
-अदुवाको चियामा कागती मिसाएर पिउँदा शरीरको वजनसमेत कम हुन्छ ।
एजेन्सीहरुको सहयोगमा








