
काठमायौं ।
नेपाली चलचित्र ‘छ माया छपक्कै’ युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा आएको छ । पाइरेसी भएपछि सार्वजनिक गरिएको चलचित्र युट्युबमा ट्रेन्डिङको पहिलो नम्बरमा आएको हो ।समाचार तयार पर्दा सम्म छ माया छपक्कै’ ले युट्युबमा २१ लाख बढी भिउज पाईसकेको छ ।
गत वर्षको असोज २४ गतेदेखि सिनेमा हलमा प्रदर्शन भएको फिल्म ‘छ माया छपक्कै’ सर्वाधिक सफल नेपाली चलचित्रको सुचीमा परेको थीयो । खाने पानीको अभावको कथा समेटेको चलचित्रलाई रोहित अधिकारीले निमर्ण गरेका हुन् ।



फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, सुपुष्पा भट्ट, जितु नेपाल आदि कालकारहरुले अभिनय गरेका छन् ।फिल्ममा दिपकराज गिरी, केदार प्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यू निरवीको संवाद, दिपकराज गिरीको पटकथा छ ।
दीपेन्द्र लामाको लेखक तथा निर्देशनमा बनेको फिल्ममा रोहित अधिकारी निर्माता रहेका छन्। डिजिटल राइट्स लिएका तर लामो समय होल्ड गरेर बसेका युट्युब च्यानल कम्पनीहरुले केहीसमय यता युट्युबमा चलचित्र अपलोड गरिरहेका छन् ।
चलचित्र हेर्नको लागी यो लिङ्कमा जानुहोस:








