
बुटवल ।
रुपन्देहीमा सामुहिक बलात्कारको आरोपमा २ जना पक्राउ परेका छन् ।
जिल्लाको कञ्चन गाउँपालिकामा सामुहिक बलात्कार र नग्न फोटो सार्वजनिक गरेको आरोपमा एक प्रहरी जवानसहित दुई जना पक्राउ परेका हुन् ।



पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका घर भएका प्रहरी जवान विशाल शर्मा र सोही ठाउँका गुरुचरण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रविण पोखरेलले बताए ।
गत कात्तिक २३ गते कञ्चन गाउँपालिका ४ भैसाहीमा दुईजना दिदी बहिनीसँगै बसेको बेला एक जनामाथि सामुहिक बलात्कार भएको थियो । अर्को एक जनाको भने नग्न फोटो खिचिएको थियो।
घट्नाका बारेमा चारजना विरुद्ध जाहेरी परेको थियो ।









