
माघ १२ अर्घाखाँची
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाको दुर्गाफाँटबाट सिधै काठमाडौंसम्म हाईस सेवा सञ्चालन हुने भएको छ । देउराली यातायात अर्घाखाँची प्रा.लि मार्फत दुर्गाफाँट देखि पोखराथोक, पणेना, मेहलढाप,छहरा,पाल्पा हुँदै काठमाडौसम्म हाइस सञ्चालन गर्ने तयारी पुरा भएको छ ।
पाणिनी गाउँपालिकाको दुर्गाफाँटदेखि दैनिक काठमाडौको लागि आगामी माघ १३ गतेदेखि हाईस सेवा सञ्चालन हुने भएको हो ।अब अर्घाखाँची जिल्लाको मात्र नभएर पाल्पा जिल्लाका केहि ठाउँ का जनता लाई यात्रा गर्न सजिलो हुने देउराली यातायात प्रा.लि अर्घाखाँचीले जनाएको छ ।



यात्रु को संख्या अनुसार गाडी थप हुने पनि समितिको भनाई छ ।









