
पाल्पा १२ माघ
पाल्पामा टिप्पर आतंक रोक्न पाल्पा उद्योग वाणिज्य संघद्वारा प्रशासनलाई ध्यानाकर्षण गराएको छ ।संघका अध्यक्ष राजु महर्जनको नेतृत्वमा गएको व्यवसायीको टोलीले पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेलाई ज्ञापन पत्र बुझाएको हो।जिल्लाका विभिन्न चुनढुंगाखानीबाट ढुंगा बोकेर हिड्ने टिप्परको आतंकको कारण पाल्पाली जनताको जनजीवन कष्टकर भएको भन्दै संघले ज्ञापन पत्र बुझाएको हो ।संघले टिप्पर आतंक रोक्नको लागि रिब्दीकोट, तानसेन र तिनाउँ क्षेत्रका खानीले दैनिक पानी छर्किनुपर्ने, टिप्परबाट भएको अनावश्यक गति र प्रेसर हर्न बन्द गर्नुपर्ने, टिप्परलाई वाइपास बाटोबाट हिडाउनुपर्ने, निर्माणाधिन बाटोहरु समयमै सम्पन्न गर्नुपर्ने सुझाव सहित ध्यानाकर्षण दिइएको अध्यक्ष महर्जनले रानीमहललाई बताउनुभयो ।पाल्पामा पछिल्लो समयमा टिपप्रको अत्याधिक गति, धुलो, धुँवाले गर्दा वुटवल, तानसेन र तानसेन हार्थोक, छहरा लगायतका सडकमा यात्रा कष्ठकर बन्दै गइरहेको छ । यस सम्बन्धमा पाल्पाका प्रजिअ न्यौपानेले सम्बन्धित पक्षसँग त्यसबारे छलफल गरेर समस्या समाधानमा लाग्ने बताउनुभयो ।संघका महासचिव शैलेन्द्र भट्टराई, उपाध्यक्ष यादव सिंह कार्की लगायतका पदाधिकारीहरुको समेत उपस्थिति रहेको संघका महासचिव भट्टराईले जानकारी दिनुभयो ।













