
माघ १३ अर्घाखाँची –
अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडानं।२ सितापुरको झिर्रामा बाबुले आफ्नै छोरीको हत्या गरेका छन । स्थानिय २४ बर्षिय शन्तोष घिमिरेले आफ्नै २ बर्षिय छोरी सृष्टि घिमिरेको मंगलवार दिउँसो अन्दाजी १ बजेको समयमा रसीले घाँटीमा कसेर हत्या गरेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक ईन्सपेक्टर बाबुराम बस्नेतले जानकारी दिए ।बिगत केही महिना देखि श्रीमती संगको घरायसी बिवादका कारण श्रीमती भने माइतमा बस्दै आएकी थिइन, बाबु संगै बसेकी २ बर्षिय छोरीको बाबुले हत्या गरेको बस्नेतले बताए । प्रहरी निरीक्षक बस्नेत सहित अहिले प्रहरी घटनास्थलमा पुगीसकेको छ ।घटनामा संलग्न घिमिरे प्रहरीको नियन्त्रमा रहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।












