
माघ १५
पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिकामा मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । आज गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा स्वास्थ्य बिमा समबन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न हो। पालिका आठ वाटै वडामा रहेका दर्ता सहयोगिहरुका लागि स्वास्थ्य विमा सम्बन्धी अभिमुखिकरण एवं प्रशिक्षण दिईएको गाउँपालिका ले जनाएको छ ।रिब्दीकोट गाउँपालिका भित्रका रहेका जनतालाई स्वास्थ्य विमा कार्यक्रममा समेट्न दर्ता सहयोगिले गर्नुपर्ने काम,खेल्नुपर्ने भुमिका,ध्यान दिनुपर्ने पक्ष,स्वास्थ्य विमाको महत्व लगायतको विषयमा मुख्या मन्त्री ग्रामीण विकास कार्यक्रमम रिब्दीकोट गाउँपालिकाका संयोजक शिव जिसीले प्रशिक्षण दिनुभएको थियो ।कार्यक्रममा रिब्दीकोट गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनाल,प्रवक्त विष्णु खानाल,प्रमुख प्रशासकिय अधिकृत प्रेमचन्द्र अर्याल लगायतले मुख्य मन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमले रिब्दीकोट भित्र महिला र उद्यम विकासमा महत्वपुर्ण टेवा पुराएको भन्दै चालु आर्थिक वर्षमा फरक क्षमता भएका नागरिकलाई स्वास्थ्य विमाको पहुँचमा ल्याउन ल्याएको कार्यक्रम निकै प्रभावकारी हुने बताउनुभएको थियो ।कार्यक्रममा रिब्दीकोट गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सुनिल अधिकारी,सुचना प्राविधि अधिकृत हेमेन्द्र कुँवर, लेखा अधिकृत मञ्जु पन्थी पन्थी , तथा गाउँपालिका अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो ।












