
माघ १५
रिब्दीकोट गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सुनिल अधिकारीले परिवार नियोजन संघले यौन तथा प्रजनन स्वास्थ्यको क्षेत्रमा रिब्दीकोट भित्र ठुलो सहयोग गर्दै आएकोले स्वास्थ्यको क्षेत्रमा सुधार पुगेको बताउनुभयो । रिब्दीकोट गाउँपालिका वार्ड ३ को खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रमा नेपाल परिवार नियोजन संघ पाल्पा शाखाले गरेको कार्यक्रममा बोल्दै स्वास्थ्य शाखा संयोजक सुनिल अधिकारीले आगामी दिनमा पनि परिवार नियोजन संग संग सहकार्य गरि गाउँपालिकाका सबै वडाहरुमा विभिन्न क्याप्प संचालन गर्ने समेत बताउनु भयो । परिवार नियोजन संघ पाल्पा शाखाले अयोजना गरेको कार्यक्रमा सुरक्षित गर्भपतन तथा परिवार नियोजनको साधन अपनाउदा हुने लाञ्छना न्यूनिकरण सम्बन्धी अभिमुखिकरण को बारेमा छलफल भएको थियो । शिविर एवं प्रशिक्षण कार्यक्रममा ४० भन्दा बढी महिला दिदिबहिनिको सहभागिता रहेको थियो ।
कार्यक्रमकी अध्यक्ष खस्यौली पिएचसीकी प्रमुख डा। सचु थापाले सुरक्षित गर्भधार र समाजमा ब्याप्त लाञ्छना कम गर्न परिवार नियोजन संघले दिएको कार्यक्रम प्रभावकारी हुने बताउनुभयो ।
कार्यक्रममा नेपाल परिवार नियोजन संघका लेखापाल सोम बहादुर आलेले सुरक्षित गर्भपतन तथा परिवार नियोजनको साधन अपनाउँदा आउने लञ्छाना न्यूनिकरण सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिनुभएको थियो । उक्त कार्यक्रममा महिला तथा आमा समुहका ४० भन्दा बढी सहित खस्यौली पिएचसीका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।कार्यक्रम खस्यौली पिएचसीका प्रमुख सचु थापाको अध्यक्षता,रिब्दीकोट गाउँपालिका स्वास्थ्य शाखाका संयोजक सुनिल अधिकारीको प्रमुख आथ्यिता,परिवार नियोजन संघ पाल्पा शाखाका युवा उप समितिका सदस्य सुनिल कार्कीको स्वागत,सुपरभाइजर लेखनाथ ढकालको धन्यवाद र लेखापाल सोम बहादुर आलेको सञ्चालनमा सम्पन्न भएको थियो ।












