
दाङ ।
लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी क्षेत्रमा प्रदेश पुर्वाधार विकास प्राधिकरण स्थापना गरिएको छ ।बुटवलमा रहेको प्राधिकरणको कार्यालय स्थानीय राजधानी राप्ती उपत्यकमा भए पछि राप्तीमा कार्यालय खोलिएको हो ।
राप्ती गाउँपालिकाको बिजौरीमा शुक्रबार प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले एक कार्यक्रमका बीच प्राधिकरणको कार्यालय उद्घाटन गरेका छन् । प्रदेशको विकासलाई वैज्ञानिक बनाउने विकासलाई प्रभावकारी रुपमा लैजान प्रदेश राजधानी राप्ती उपत्यकामा प्रदेश विकास प्राधिकरण स्थानपना गरिएको हो । राजधानी तोकिएको क्षेत्रमा प्रदेशको पहिलो कार्यालय अन्तरगत प्राधिकरको कार्यालय स्थापना गरिएको छ ।



लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी क्षेत्रमा प्रदेश पुर्वाधार विकास प्राधिकरण स्थापना गरिएसंगै यस क्षेत्रको योजनाबद्ध विकासको काम पनि सुरु हुने प्राधिकरणले जनाएको छ । जुन कार्यालयले प्रदेश स्थायी राजधानीका संरचना निर्माण गर्नेछ । संरचना निर्माण भएपछि मात्रै लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी सार्ने गरि प्रदेश सरकारले तयारी थालेको बताइएको छ । अहिले प्रदेशेका अस्थायी राजधानी बुटवलमै रहेको छ ।









