
पाल्पा ।
पाल्पाको रामपुर नगरपालिका ५ मटेरीमा कुलोमा डुवेर एक शिशुको मृत्यु भएको छ । योगमाया थापाका १९ महिने शिशु प्रतिन थापाको कुलोमा डुवेर आज विहान मृत्यु भएको हो ।
आफ्नै घर अगाडि रहेको पानी बग्ने कुलोमा डुवि रहेको अवस्थामा शिशुलाई आमा योगमायाले फेला पारेकी थिइन् । उनले छोरालाई कुलोबाट तत्काल उद्दार गरी उपचारका लागि रामपुर अस्पताल पुर्याएकी थिईन् ।



तर अस्पतालका डाक्टरहरुले भने शिशुको मृत्यु भएको घोषणा गरेका थिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले पाल्पाले जनाएको छ ।









