
दिपक भट्टराई,माघ १६ पाल्पा,
रिब्दीकोट गाउँपालिकाको महिला विकास तथा बालबालिका शाखाको आयोजनामा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाका १ देखि ८ वटा वडामा समाजमा रहेका कुरीति,कुप्रथा ,लैङ्गिक हिसां मानव बेचबिखन तथा ओसार पसार सम्बन्धि वडा स्तरिय कार्यक्रम भएको हो । पुष १९ गते ठिमुरे, २० गते फेक २१ गते पालुङ्घमैनादी, माघ १२ गते ख्याहा, १३ गते देउराली ,१४ गते कुसुमखोला १५ गते भैरवस्थान र १६ गते खस्सौलीमा कार्यक्रम भएको हो । समाजमा भएका कुरीति,कुप्रथाको पहिचान गरी त्यसलाई समाज बाट हटाउने र समाजमा रहेको लैङ्गिक हिसांको अन्त्य गनर्,े मानव बेचबिखनका घटना घट्न नदिने तथा सचेत हुने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाको महिला विकास तथा बालबालिका शाखाले जनाएको छ ।
कार्यक्रमको पहिलो सेसनमा सहजीकरण गर्दै लेखा अधिकृत मञ्जु पन्थीले समाजमा रहेका कुप्रथा र कुरीति बारे जानकारी गराउनु भएको थियो । दोस्रो सेसनको सहजिकरण गर्दै हार्थोक प्रहरी चौकी ईन्चार्ज पदम बहादुर श्रेष्ठले मानव बेचविखन ,ओसार पसार तथा कानुनी व्यवस्था र त्यसबाट कसरी बच्न सकिन्छ भन्ने विषय बारे जानकारी गराउनु भयो । त्यसैगरी तेस्रो सेसन संचालन गर्दै गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत प्रेमचन्द्र अर्यालले लिङ्घ, लैगिकता र लैङ्गिक हिसां नियन्त्रण सम्बन्धि कानुनी प्रावधानहरु तथा हिसांबाट कसरी बच्न सकिन्छ भन्ने बिषयमा सहजिकरण गर्नुभयो । अन्तिम सेसन सचांलन गर्दै गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले लैङ्गिक हिसां नियन्त्रणमा गाउँपालिकाको न्यायिक समितिको भुमिकाको बारेमा सहजिकरण गर्नुभएको थियो । साथै कार्यक्रममा बोल्दै उपाध्यक्ष लक्ष्मी खनालले गत मंसीर १० गते रिब्दीकोट गाउँपालिकाले लैङ्गिक हिसां निवारण कोष स्थापा गरी काम गर्दै आएको जानकारी गराउनु भयो । साथै पालिकाममा कुनै पनि महिला दिदि बहिनीहरु जस्तोसुकै हिसांमा परेमा मापदण्ड अनुसार सहयोग गरीने बताउनु भयो । प्रमुख प्रसाशकिय अधिकृत प्रेमचन्द्र अर्यालले गाउँपालिकाका भित्र रहेका कुरीती, कुप्रथा र लैङ्गिक हिसां अन्त्य गर्न सबै लागेमा मात्र सम्भव भएको बताउदै हिसां आफैबाट हुने हुदा यसको अन्त्य गर्न आजै बाट लाग्नुपर्ने बताउनु भएको थियो ।




कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष विष्णु प्रसाद खनालले यस्ता कार्यक्रमले समाजमा हुने घटना न्युनिकरणका लागि सहयोग हुने बताउदै स्थानिय तहले यस्ता कार्यक्रममा जोड दिनुपर्ने बताउनु भयो । कार्यक्रमका अध्यक्ष लिला आर्चायले लैङ्गिक हिसां घर तथा समाजबाट हुने भएकाले कुनैपनि घट्नालाई लुकाएर राख्न नहुने यदी घट्ना लुकाएमा ठुलो दुर्घटना हुने सक्ने बताउनु भयो ।
कार्यक्रममा गाउँपालिकाका भित्रका २८ जना महिला दिदिबैनीहरुको सहभागिता रहेको थियो भने महिला विकास तथा बालबालिका शाखा प्रमुख प्रवित्रा परियार ले गर्नुभएको थियो ।









