
काठमाडौं ।
तराईका जिल्लामा शनिबार पनि बाक्लो हुस्सु र कुहिरो लागेको छ।
जल तथा मौसम पूर्वानुमान विभागका अनुसार आज तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेको छ। अबको दुई हप्तासम्म यस्तै रहने मौसम पूर्वानुमान विभागको अनुमान छ।



मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज प्रदेश १ र गण्डकी प्रदेशका केही हिमाली जिल्लामा हिमपातको सम्भावना समेत रहेको छ। उनकाअनुसार अन्य क्षेत्रको मौसम आंशिक बद्ली हुने अनुमान छ ।
पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभावका कारण तराईमा हुस्सु लागेको हो।








