
पाल्पा ।
बगनासकाली पत्रकार समुहको प्रथम साधारण सभा तथा अधिवेशन संपन्न भएको छ ।अधिवेशनले दिपक ढुङ्गानाको संयोजकत्वमा ११ सदस्यिय कार्यसमिति गठन गरेको छ ।समितिको उपाध्यक्षमा भोजराज तिमिल्सेना, सचिवमा बिष्णु घिमिरे, सहसचिव नेत्र गैरे र कोषाध्यक्षमा कमल अधिकारी चयन भएका छन् ।
बगनासकाली गाउँपालिका भित्रका पत्रकारहरुको समुह बगनासकाली पत्रकार समुहको अधिवेशनमा गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालले दुरदराजमा रहेका नागरिकहरुको दुख, पिडा र समस्याका बारेमा पत्रकारहरुले कलम चलागनु पर्ने बताए ।बस्यालले समुहले गर्ने कार्यक्रमको लागी कार्यविधि बनाएरै बजेट व्यवस्थापन गर्ने समेत बताएका छन् ।



यस्तै गाउँपालिका उपाध्यक्ष सरस्वती चिदिले पत्रकारहरु गाउँपालिकाको भौतिक, शैक्षिक तथा पर्यटकिय अवस्थाको जानकार भएकाले योजना छनौट देखी बजेट व्यवस्थापन सम्म सहजिकरण गर्न सघाउनुपर्नेमा जोड दिईन् ।
नेपाल पत्रकार महासंघ पाल्पा साखाका पुर्व अध्यक्ष गोविन्द भट्टराईले स्थानिय तहका हरेक राम्रा कामहरुको रिपोर्टिङ गर्दै सकारात्मक तथा सुधार गर्नुपर्ने विषयको उठान गर्नुपर्ने बताए। अर्का पुर्व अध्यक्ष झपेन्द्र गैरेले स्थानिय तहहरुका कामहरुको प्रचार–प्रसार गर्न र नागरिक माझ पुर्याउन समुह सहयोगी बनेको र जुनसुकै अवस्थामा पत्रकार सरकारको प्रतिपक्ष मात्र नहुने बताए।
साधारण सभामा पत्रकारहरु देव पचभैया, कमलराज तिमिल्सेना, गाउँपालिका प्रवक्ता लक्ष्मी प्रसाद अधिकारी लगाएतले नवनिर्वाचित समुहका पदाधिकारिहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।









