
प्यूठान ।
अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला सदरमुकाम खलंगाबाट मल्लरानी गाउँपालिका–२ चुँजाठाटीतर्फ जाँदै गरेको रा १ ह ५१४५ नम्बरको अटो शुक्रबार राति दुर्घटना भएको हो ।



दुर्घटनामा मल्लरानी ३ बर्बोटका ४० वर्षीय जनक परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डीएसपी सुनिल मल्लले जानकारी दिए ।









