
पाल्पा ।
एबिन श्रेष्ठ र विनय खातीको जोडी जिल्लास्तरीय खुला ब्याडमिन्टन प्रतियोगितामा विजेता भएको छ । उनीहरूको जोडीले वसन्तलाल र महेशमान वज्राचार्यको जोडीलाई २१–१७, २१–१८ ले हराएर उपाधि जित्यो । विजेताले २५ हजार र उपविजेता जोडीले १५ हजार रुपैयाँ पुरस्कार पाए ।
३२ जोडीले भाग लिएको प्रतियोगितामा रिब्दीकोट, लघुवाका प्रवीण खनाल र सन्तोष नेपाल तथा तानसेनका सुमित घिमिरे र विशाल भण्डारीको जोडी संयुक्त तेस्रो भयो । तेस्रो भएका जोडीलाई १०–१० हजार प्रदान गरियो । पाल्पा जिल्ला ब्याडमिन्टन संघले आयोजना गरेको प्रतियोगितामा उत्कृष्ट खेलाडी सुमित घिमिरे र विशाल भण्डारी भए ।



उनीहरूलाई संघका अध्यक्ष वसन्तलाल वज्राचार्यले १० हजारसहित पुरस्कृत गरे । पूर्वखोलाबाट सहभागी उदीयमान खेलाडी विवेक न्यौपाने र पुरन गाहालाई व्यवसायी विज्ञान वज्राचार्यले र्याकेट र ट्रफी प्रदान गरे ।








