
काठमाडौं ।
अभिनेता दयाहाङ राई नयाँ फिल्म ‘बिहे पास’मा जोडिएका छन् ।
चलचित्र बिहे पासमा दयाहाङसँगै अभिनेत्री प्रकृति श्रेष्ठ नायिकाको रुपमा अनुबन्धित भएको निर्माण पक्षले जनाएको छ ।



चलचित्र ‘होस्टेल’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी प्रकृति त्यसपछि दाम्पत्य सम्बन्धमा बाँधिईन् ।केही वर्षदेखि उनी आफ्ना श्रीमानसँग अष्ट्रेलियामा छिन् । दयाहाङको नायिकाको रुपमा प्रस्ताव आएपछि उनी यो फिल्मबाट फेरी दर्शकमाझ आउन लागेकी हुन् ।यो फिल्मलाई प्रवेश पौडेलले निर्देशन गर्दैछन् ।
टिम राम्रो भएको र चलचित्रको स्कृप्ट मन परेका कारण आफु बिहे पासबाट अभिनयमा फर्कन लागेको यी अभिनेत्रीको कथन छ । निर्देशक पौडेलका अनुसार यो चलचित्रको कथा आकाश बराल, सजन काफ्ले र मुरे केरले तयार पारेका छन् ।
यसको पटकथा आकाश बराल र सजन काफ्लेले लेखेका हुन् । यो चलचित्रको छायाँकन आगामी चैतबाट सुरु गरिने भएको छ ।








