
बुटवल ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री डा. मिनेन्द्र रिजालले सत्ता टिकाउन कै लागि बर्तमान सरकारले निर्वाचन घोषण गरेको दाबी गरेका छन् ।
रिपोटर्स क्लव लुम्बिनी प्रदेश कार्यालय बुटवलमा आइतवार भएको साक्षात्कार कार्यक्रममा बोल्दै नेता रिजालले सरकारले चुनाव गराउन नभई सत्ता लम्वाउनका लागि मिति घोषणा गरेको दावी गरे । ‘यो सरकार निर्वाचनका लागि मिति घोषणा गरेको होइन् । प्रतिनिधिसभा नरहे पछि सत्ता लम्बिन्छ भन्ने सोचले चुनावी घोषणको बहाना मात्रै हो ।



नेता रिजालले अदालतले संविधानको मर्म अनुरुपको व्याख्या गर्ने विश्वास व्यक्त गरे । विगतको प्रतिकुल अवस्थामा पनि अदालतले सहि निणर्य लिएको स्मरण गर्दै उनले अहिलेको अवस्थामा पनि सोही बमोजिम आदालतको गरिमा कायम गर्ने आशा व्यक्त गरे । सत्तामा आएपछि नियम कानुन केही नमान्नेहरु इतिहासमा कहिल्यै लामो समय नटिकेको उनको दावी छ । संविधान ठिक ठाँउमा भएपछि मात्रै चुनावमा जाने उनको भनाई छ ।
लामो समयको त्याग र बलिदानबाट आएको गणतन्त्र रक्षाका लागि कांग्रेस सडकमा आएको र प्रतिनिधिसभा विघटनको असवैधानिक कदम नसच्चिएसम्म कांग्रेसको निरन्तर विरोध गरिरहने उनको भनाई छ ।









