
बुटवल ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राष्ट्रिय तहमा आएको राजनीतिक उतार चढावले विकासको कामलाई प्रभावित नगर्ने बताएका छन् ।
राष्ट्रिय राजनीतिमा चलिरहेको बहसलाई नबुझी प्रदेश तथा स्थानीय तहमा धारणा बनाईनु र केन्द्रमा देखिएको विवादमा तरंगित हुने प्रवृत्ति गलत भएको उनले बताएक हुन् ।



मणिग्राममा आईतबार आयोजित प्रदेश समन्वय परिषद्को चौथो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले स्थानीय र प्रदेश तहको नेतृत्व व्यक्तिगत र गुटगत स्वार्थका लागि केन्द्रको नेतृत्व तहमा उत्पन्न विवाद र आलोचनाको पछि लाग्न नहुने बताए ।
राजनीतिक स्थायित्वका लागि स्थानीय र प्रदेश तहबाट केन्द्रलाई फरक खालको सन्देस दिनुपर्ने आवश्यकता औंल्याउँदै मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रदेशको विकास निर्माणमा केन्द्रको विवादको कुनै प्रभाव पर्न नदिने र विकास निर्माणको काममा एक भएर लाग्नुपर्ने बताए ।
बैठकमा प्रदेशका सबै जिल्ला समन्वय समितिका प्रमुख तथा प्रदेश समन्वय परिषद्मामा आवद्ध पालिकाका प्रमुखको सहभागिता रहेको थियो।









