
बुटवल ।
रुपन्देहीमा आर्थिक वर्ष २०७६/२०७७ को अन्त्यसम्ममा १ सय २६ जना कुष्ठरोगका बिरामीहरू उपचारमा रहेका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका क्षय तथा कुष्ठरोग निरीक्षक टिकाराम अधिकारीका अनुसार गत आर्थिक वर्षमा १ सय २१ जना कुष्ठरोगका नयाँ बिरामी पत्ता लागेको थियो ।
यस्तै चालु आर्थिक वर्षका कार्तिक मसान्तसम्ममा ४६ जना नयाँ बिरामी पत्ता लागिसकेका छन् । रुपन्देहीमा सबैभन्दा बढी कुष्ठरोगका बिरामीहरू बुटवल उपमहानगर पालिकामा रहेका छन् । बुटवलमा आर्थिक बर्ष २०७६/०७७ मा २१ जना नयाँ बिरामी पत्ता लागेका थिए ।



यस्तै तिलोत्तमामा २०, सिद्धार्थनगर नगर पालिकामा १३, सैनामैना नगरपालिकामा १० र देवदह नगरपालिकामा ८ जना नयाँ बिरामी पत्ता लागेका थिए ।
नेपालबाटै कुष्ठरोग निवारण भए पनि लुम्बिनी प्रदेशको सबैभन्दा सुगम जिल्ला रुपन्देही अझै पनि कुष्ठरोगकै चपेटामा परेको छ । देश कुष्ठरोगबाट निवारण भए पनि रुपन्देहीमा अझै पनि कुष्ठरोग निवारण गर्न बाँकी नै रहेको छ ।









