
काठमाडौं ।
नेपाली सेनाका बख्तरबन्द गाडीले आज राति काठमाडौंको चक्रपथ परिक्रमा गर्ने भएको छ।
नियमित अभ्यासका क्रममा बख्तरबन्द गाडीहरूले काठमाडौं चक्रपथ चक्कर लगाउने सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौड्यालले जानकारी दिएका छन्। त्यस्तै २१ माघमा भने ८ वटै पृतना अन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट देशका विभिन्न स्थानहरूमा बख्तरबन्द गाडीहरूको अभ्यास गर्ने पौड्यालले बताए।



नेपाली राजनीति तरंगित भइरहेको बेला सेनाका बख्तरबन्द गाडी बाहिर निस्कनुलाई नागरिकले आशंका व्यक्त गर्न थालेका छन्।निर्वाचित सरकारलाई अपदस्थगर्दै तत्कालिन राजा ज्ञानेन्द्र शाहले सत्ता लिएको १९ माघका दिन सेनाका बख्तरबन्द गाडीले हातहतियार सहित चक्रपथ परिक्रमा गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
यद्यपी यो नियमित अभ्यास भएकोले नागरिकमा त्रास नफैलियोस भनेर सूचना सार्वजननिक गरको प्रवक्ता पौड्लले जनाकारी दिए।








