
बुटवल ।
रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका ११ भुजौलीबाट सशस्त्र प्रहरीको टोलीले करीब २ लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको १० थान मोबाइल सेट बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त मोबाइल सेट बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।



बरामद मोबाइल सेट स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।









