
दाङ ।
अवैध सालको काठसहित टेक्टर र चालकलाई प्रहरीले पक्राउ गरेको छ । सालको ३१ दशमलव २ क्वीफिट बराबरको ३३ थान अवैध काठसहित टेक्टर तथा चालकलाई दाङ प्रहरीले नियन्त्रणमा लिएको हो ।
गढवा गाँउपालिका–६ रामपुर निवासी १८ वर्षीय चालक ईमराहिम पठानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । सोमबार राति करिब ९ बजेको समयमा गढवा गाउँपालिका ५ कक्रहवा स्थित कोईलाबासदेखि गढवा तर्फ आउँदै गरेको रा १ त १३९५ नम्बरको टेक्टरलाई इप्रका गढवा दाङबाट गएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा अवैध काठसहित फेला परेको हो ।



पक्राउ परेकामाथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक राज कुमार भट्टले जानकारी दिएका छन् ।









