
बुटवल ।
लुम्बिनी प्रदेश स्थापनाकालको ३ बर्ष पूरा गरेको छ । स्थापनाकाल देखि हाल सम्म प्रदेश सभाले ६ वटा अधिवेशन गरेको छ ।
प्रदेशसभा सचिवालयका अनुसार २०७४ साल माघ २१ गते लुम्बिनी प्रदेशसभाको पहिलो बैठक भएदेखि हालसम्म छ वटा अधिवेशन सम्पन्न भएका छन् । सभामा ६५ वटा विधेयक दर्ता भएकामा ५९ वटा पारित भएको प्रदेशसभाका सचिव दुर्लभ कुमार पुन मगर बताउनुहुन्छ । कानुन बनाउने प्रदेश सभामा लुन्बीनी प्रदेश सभा सबैभन्दा अगाडी रहेको छ ।



सङ्घीयता कार्यान्वयनको महत्वपूर्ण खुड्किलो मानिने प्रदेश सरकारले थूप्रै चुनौतीका बाबजुद पनि अन्य प्रदेशका तुलनामा यति धेरै कानून निर्माण गर्नु ठूलो उपलब्धि हो तर कानून निर्माणमा जनसहभागिता नहुँदा प्रभावकारी कार्यान्वयन हुन भने सकेको छैन ।
शून्य संरचनाबाट शुरु भएको प्रदेशसभाका लागि आवश्यक सभा हल, विषयगत समिति संसदीय दलका कार्यालय र पुस्तकालय तयार भएका छन् ।कार्यालयको प्रभावकारी र मर्यादित व्यवस्थापन गर्न प्रदेशसभाले संविधानको धारा, १९५ बमोजिम प्रदेशसभा सचिवालयको स्थापना र सचिवको व्यवस्था गरेको छ ।
कोरोना महामारीका कारण प्रदेशसभा त्यति सक्रिय छैन । यद्यपि कोरोना महामारीकै बीच केही दिन मात्रै बसेको प्रदेशसभाले ढिलै भए पनि प्रदेशको नाम र राजधानीको टुङ्गो लगायो ।









