
बुटवल ।
सैनामैना नगरपालिकाको आयोजना तथा जनप्रिय स्पोर्टिङ्ग युवा क्लब,सैनामैना–७ देवापारको व्यबस्थापनमा तेश्रो संस्करणको रुपमा तेश्रो सैनामैना मेयर कप नकआउट फुटवल प्रतियोगिता संचालन हुने भएको हो।
देशभरका १२ फुटवल टिमहरु सहभागी हुने उक्त प्रतियोगोतामा प्रथम हुने बिजेता टिमले २ लाख २२ हजार २ सय २२ रुपैया नगद पुरस्कार सहित कप र मेडल प्राप्त गर्ने जन प्रिय स्पोर्टिङ्ग युवा क्लबका अध्यक्ष किशोर रानाले पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भएको छ।



यस्तै प्रतियोगितामा उपविजेता हुने टिमले १ लाख ११ हजार १ सय ११ रुपैया नगद पुरस्कार सहित कप र मेडल प्राप्त गर्ने र सेमिफाइनल सम्म पुग्ने दुई टिमलाई नगद २०/२० हजार रुपैया प्राप्त गर्नेछन।
१४ दिन सम्म संचालन हुने सो तेश्रो सैनामैना मेयर कप प्रतियोगिता संचालन गर्दा करिब १३ लाख रुपैया खर्च हुने प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद १० हजार नगद पुरस्कार प्राप्त गर्ने व्यबस्थापक जनप्रिय स्पोर्टिङ्ग क्लबले जानकारी दिएकोछ।
प्रतियोगितामा हुने खर्च मध्ये ७ लाख रुपैया नगरपालिकाले खर्च व्यहोर्ने छ भने बाकी खर्च ब्यबस्थापक क्लबले विभिन्न सहयोगीदाता र संस्था अनि पुरस्कार सौजन्यकर्ताहरुबाट व्यबस्थापन गर्ने क्लबका अध्यक्ष किशोर रानाले जानकारी दिएका छन।
तेश्रो सैनामैना मेयर कप नकआउट प्रतियोगिता स्थानिय बिधालयको खेल मैदानमा संचालन हुने भएपनि आगामी बर्षको चौथो सैनामैना मेयर कप प्रतियोगिता राष्ट्रियस्तरको रंगशालामा राष्ट्रियस्तरको खेलाडीहरु बिचको प्रतियोगिता संचालन गर्न संघिय सरकारको बहुबर्षिय बजेट योजनामा प्याराफिट सहितको प्रतियोगिता संचालन गर्ने गरि योजनालाई तिव्रता दिइदै आइरहेको सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीले बताउनु भएको छ।
स्थानिय सरकारको सहकार्यमा पहिलो पटक संचालित प्रतियोगितामा उत्कृष्ट स्ट्राइकर,डिफेण्डर,गोलकिपर,मिड फिल्डर,प्रशिक्षक,सर्वाधिक गोलकर्तालाई जनही ५ हजार नगद पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष रानाले बताएका छन।








