
काठमाडौं ।
अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम आंशिक बदली भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराई भेगमा बाक्लो हुस्सु र कुहिरो लागेको महाशाखाका मौसमविद् मीन कुमार अर्यालले जानकारी दिए।
आज दिन भर देशभरको मौसम सफा रहने भए पनि पश्चिमी वायुको प्रभावका कारण रातीदेखि भने देशका विभिन्न स्थानमा वर्षा हुने संभावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।



यस्तै आजराति सुदूरपश्चिम, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपाको संभावना छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र वागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने संभावना छ ।
काठमाडौंको आजको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको छ ।विहान साढे ६ बजेको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् मीन कुमार अर्यालले जानकारी दिए । उनका अनुसार काठमाडौंमा दिउँसो सामान्य बदली रहने छ ।








