
बुटवल ।
बुटवलमा भोली शुक्रवारदेखि तेस्रो लाफा ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । लाफा समूह बुटवलको आयोजनामा हुने राष्ट्रिय खुल्ला तथा भेट्रान्स पुरुष डबल व्याडमिन्टन प्रतियोगिता–२०७७ को तयारी पूरा भएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा लुम्बिनी प्रदेश सहित काठमांडौ, चितवन, कास्की, कैलाली, बाग्लुङ्ग लगायतका जिल्लाबाट खेलाडीहरुको सहभागीता रहने कार्यक्रम संयोजक पुरन गाहाले जानकारी दिए । प्रतियोगितामा ८० टिमको सहभागीता रहेको छ।



खुलातर्फ ५८ तथा भेट्रान्स तर्फ २८ बढी टिमको सहभागीता रहने बताइएको छ । प्रतियोगितामा खुल्ला तर्फका विजेताले ५५ हजार ५ सय ५५ नगद पुरस्कार प्राप्त गर्ने छ । त्यस्तै, उपविजेताले ४१ हजार ५ सय ५५ तथा तेस्रो हुनेले ३१ हजार ५सय ५५ नगद पुरस्कार प्राप्त गर्ने छन् ।
खेलकुद र सामाजिक गतिविधिमा क्रियाशिल समुहले खेलाडीहरुलाई प्रोत्साहन गर्ने लक्ष्यसहित आयोजित प्रतियोगिता भोलि शुक्रबारदेखि दुई दिनसम्म सञ्चालन हुने छ ।








