
काठमाडाैँ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहले आज (शुक्रबार) काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ।
शुक्रबार दिउँसो नारायणहिटी संग्रहालयअगाडि हुने शक्ति प्रदर्शन (जनसभा)मा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने छन्।



प्रधानमन्त्रीले आजको सम्बोधनमार्फत विशेष नयाँ कुरा बताउने दाबी उनीपक्षीय नेताहरुले गर्दै आएका छन्।
आजको सभाका लागि विभिन्न जिल्लाबाट हजारौँ मानिसहरुलाई काठमाडौँ उतार्ने तयारी ओली समूहको छ। तराईँका हरेक जिल्लाबाट कम्तीमा १० हजार मानिस काठमाडौँ ल्याउने तयारी भइरहेको श्रोतको दाबी छ।








