
बुटवल ।
लुम्बिनी प्रदेशका समाजिक विकास मन्त्री सुर्दशन बरालले विज्ञान र प्रविधिको विकास विना समाजवादको कल्पना समेत हुन नसक्ने बताएका छन् ।
नेपाल जुलोजिकल सोसाइटीले आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय जुलोजिकल सेमिनारको शुक्रवार उद्घाटन गर्दै मन्त्री बरालले बास्तविक समाजवादका लागि बैज्ञानिक आधार अवस्यक रहेको बताए ।



लुम्बिनी प्रदेशले तयार गर्ने नीति तथा कार्यक्रममा विज्ञान र प्रविधिलाई ध्यानमा राखेर गर्ने गरेको उनले बताए । प्रदेश भित्र स्नातकोत्तर तहको शिक्षालय स्थापनाका लागि पहल भइरहेको बताए । विकासका लागि प्रविधियुक्त जनशक्तिको आवश्यक हुने भन्दै मन्त्री बरालले त्यसतर्फ उन्मुख हुनुपर्ने बताए । ‘
दुई दिने सेमिनार उद्घाटन कार्यक्रममा बोल्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्यले बौद्ध विश्वविदालयले विज्ञान भन्दा पर रहेर ज्ञान प्रदानमा जुटेको बताए ।
उनले विज्ञान र प्रविधिको विकास अनुसन्धान मार्फत आउने परिणामले देखाउने समेत बताए ।
भोलिसम्म चल्ने सेमिनारमा लुम्बिनी प्रदेशमा रहेका प्राणि र प्राणी जगतको अवस्था, चूनौति र सम्भवानको विषयमा लिन सक्ने लाभको निचोड सहित निकानिले नेपाल जोलोजिकल सोसाइटीका अध्यक्ष प्रा.डा.महेन्द्र महर्जनले बताए।









