
दिपक भट्टराई माघ २३,
प्रभात माध्यामिक विधालय रिब्दीकोट ७ मैनादी पाल्पाको व्यवस्थापन र CTEVT लुम्विनी प्रदेश को आर्थिक सहयोगमा च्याउ उत्पादक तथा नर्सरी व्यवस्थापन बगैचा सहायक सम्बन्धी ३ महिने तालीम सुरु भएको छ । तालिमको उद्घाटन गदै प्रभात माध्यामिक विधालय व्यवस्थापन समितिका अध्यक्ष डुल बहादुर कुंवरले मैनादीलाई कृषि क्षेत्रमा आत्म निर्भर बनाउने उदेश्यले तालिम सञ्चालन गरीएको बताउनु भयो । अहिले पनि मैनादी रिब्दीकोट गाउँपालिकाको कृषि क्षेत्रमा अगाडी रहेको बताउदै ,अध्यक्ष कुंवरले कृषि क्षेत्रमा धेरै अवसर भएकाले काम गर्ने मानिसलाई जिवन यापनको लागी दुख नहुने र हामी नेपालीहरु आत्म निर्भरको बाटोमा अगाडी बढ्ने हो भने नयाँ शिप र प्रविधिलाई आत्म साथ गदै आफ्नै खेत बारीलाई बाझो राखेर होईन कृषि गरी, आम्दानी गर्न सकिने हुनाले तालिमले त्यो शिप दिने बताउनु भयो ।
स्थानीय डिल्ली राम नेपालले तालिम उपयोगी भएकाले सबैले यसको अवसर लिन सके राम्रो हुने धारणा राख्नुन गर्नुभयो । विधालयका प्र.अ.जनक अर्यालले तालिमको महत्व तथा उदेश्य बारे बताउनु भयो । कार्यक्रममा विधालयक प्र.अ.डोल राज भट्टराईले स्वागत मन्तव्य राख्नुभएको थियो । तालिममा मैनादीका कृषि क्षेत्रमा काम गर्ने ४० जना स्थानीयहरुको सहभागीता रहेको छ । तालिमको व्यवस्थापन गरेको प्रभात माध्यामिक विधालयमा कृषि वालि विज्ञान तथा जेटिए को पठन पाठन हुदै आएको व्यवस्थापन समितिका अध्यक्ष डुल बहादुर कुंवरले जानकारी दिनुभयो ।












