
बागलुङ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाल सरकारको ध्यान कोरोना नियन्त्रणमा जानुपर्ने बताएका छन् । उनले कोरोना नियन्त्रण र आर्थिक सङ्कट पार लगाउने विषयमा सरकारले काम गर्नुपर्ने भए पनि सरकारको ध्यान अन्तै गएको बताए ।
बागलुङको गलकोटमा राष्ट्रिय जनमोर्चाले आज आयोजना गरेको सभामा पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका नेता केसीले सरकारले सङ्कट टार्ने काममा ध्यान नदिएको बताए। उनले बारम्बर चुनावमा जाँदा नेपाललाई आर्थिक भार बढी पर्ने दाबी गरे ।



सरकारले युवालाई रोजगारी दिनुपर्नेमा उल्टो विदेश जान प्रेरित गरेको नेता केसीको आरोप रहेको छ । भारतले नेपाललाई हिन्दुराज्य बनाउन चाहेको र राजा फर्काउने नियतका कारण कुटिल चाला रचेको केसीको आरोप छ ।









