
अर्घाखाँची ।
हिन्दु धर्म रक्षा परिषद् नेपाल अर्घाखाँचीको आयोजनामा छत्रदेव गाउँपालीका स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
“धर्म संस्कृतिको रक्षा , राष्ट्रको सुरक्षा” भन्ने मुख्य नारा सहित शनिवार सम्पन्न भेलाले २५ सदस्यीय छत्रदेब गाउँपालीका स्तरीय हिन्दु जागरण युवा स्वयंसेवकको गठन गरेको छ ।



नबिन पौडेलको अध्यक्षतामा गठन गरिएको हिन्दु जागरण युवा स्वयंसेवकको प्रथम उपाध्यक्षमा घनश्याम भुसाल, द्धितिय उपाध्यक्षमा दामोेदर पाण्डे, सचीवमा राजन श्रेष्ठ, सह–सचीवमा प्रेमबहादुर पौडेल,कोषाध्यक्षमा रणबहादुर आचार्य चयन भएको हिन्दुधर्म रक्षा परिषद् नेपालका केन्द्रीय कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा हिन्दु धर्म रक्षा परिषद् नेपालका केन्द्रिय अध्यक्ष नारायण प्रसाद खनालले हिन्दुधर्मको रक्षागर्न सबै एकजुट हुनुको बिकल्प नभएको भन्दै कानुनको भरमा मात्रै देश चल्ने नभई धर्मको आधारमा देश चलेमा छाडातन्त्रको अन्त्यहुने कुरामा जोड दिनुभयो ।
पछिल्लो समय मुलुकमा नैतिक शिक्षाको संकट रहेको बताउदै खनालले परीवार र व्यक्तिमा नैतिक शिक्षाको खाँचो रहेकाले नैतिक शिक्षालाई कडाईका साथ व्यवहारमा लागुगर्न सबैलाई आग्रह समेत गर्नु भयो ।
कार्यक्रममा वडा नं.४ का वडाअध्यक्ष अशोककुमार श्रेष्ठले हिन्दुधर्मको रक्षा गर्नका लागी सबै सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम हिन्दु जागरण युवा स्वयंमसेवकका जिल्ला अध्यक्ष नारायण खड्काको अध्यक्षता, सचीव बाबुराम खत्रीको स्वागत मनतब्य र उपाध्यक्ष आतिश किरण बिकको सञ्चालनमा सम्पन्न भएको हो । भेलामा छत्रदेवका सबै वडाका सयौं हिन्दुत्व प्रेमीहरुको उपस्थिति रहेको थियो ।
यस्तै शनिवार नै जिल्लाको मालारानी गाउँपालिका वडानम्बर ८ हंसपुरमा ३१ सदस्यीय र वडानम्बर ९ गोखुङ्गामा २५ सदस्यीय हिन्दु जागरण युवा स्वयंसेवकको गठन गरीएको छ ।
उक्त वडामा छिटै हिन्दू धर्म सम्बन्धित जानकारी मुलक प्रशिक्षण कार्यक्रम सन्चालन गर्ने हिन्दु धर्म रक्षा परिषद् नेपालका केन्द्रिय अध्यक्ष नारायण प्रसाद खनालले बताउनु भयो ।









