
बुटवल ।
लुम्बिनी प्रदेशमा २८ हजार ९ सय ४१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
प्रदेशमा पहिलो चरणमा स्वास्थ्यकर्मी, स्वयंसेविका, एम्बुलेन्स चालक, सुरक्षाकर्मी गरि २८ हजार ९ सय ४१ जनाले कोरोना विरुद्धको खोप लगाएका हुन् ।



भारत सरकारले अनुदानमा दिएको खोप माघ १४ गतेदेखि पहिलो चरण लगाउन सुरु गरिएको थियो ।
प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड– १९ फोकल पर्सन कौशल भण्डारीले दिएको जानकारी अनुसार रुपन्देहीमा सबैभन्दा बढी ६ हजार ७ सय ९१ जनाले खोप लगाएका छन् ।
प्रयोगमा ल्याइएको २८ हजार ९ सय ७० भाइल मध्ये खेर जाने दर न्युन रहेको बताइएको छ ।
लुम्बिनी प्रदेशमा २५ खोप केन्द्र रहेकोे छ । प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदकुमार गिरीले कोेरोना विरुद्धको खोपमा लुम्बिनी प्रदेशमा ठूलो सफलताको प्राप्त भएको बताउनुभयो ।









