
कपिलवस्तु ।
संसद पुनःस्थापनाको माग गर्दै जनता समाजवादी पार्टी नेपालले कपिलवस्तुको सदरमुकाम तौलिहवा लगायत पकडी, विजयनगर, चन्द्रौटा र कृष्णनगरमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेको छ ।
प्रतिनिधिसभा विघटन असंवैधानिक र प्रतिगमनकारी कदम भएको भन्दै जसपाले चरणबद्ध आन्दोलन गर्दै आएको छ ।



जसपाको केन्द्रीय निर्देशन अनुसार तेस्रो चरणको कार्यक्रम अन्तर्गत प्रधानमन्त्रीको पुतला दहन गरिएको जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले बताउनुभयो ।
प्रधानमन्त्रीको पुतला दहन गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।









