
बुटवल ।
रुपन्देहीको तिलोत्तमा–१ शंकरनगरमा रहेको न्यू लाईट कलेजले आइतबार कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम गरेको छ । कार्यक्रममा न्यू लाईट कलेजबाट कक्षा १२ उत्तीर्ण करीव २ सय जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
कलेजका अतिरिक्त क्रियाकलाप प्रमुख खेमराज खनालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कलेज व्यवस्थापन समितिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले कलेजले विद्यार्थीहरुलाई अध्ययनको अवसरसँगै उद्यमशिलताको विकास गर्ने गरी कार्ययोजना अगाडी बढाएको बताउनुभयो ।



कलेजका प्रमुख रमेश ज्ञवालीले शिक्षा, संस्कार र सीपलाई सँगै जोडेर कलेजले आफ्ना गतिविधिहरु सञ्चालन गरिरहेको बताउनुभयो ।
शिक्षक दिनेश खड्काको सञ्चालनमा भएको कार्यक्रममा सञ्चारकर्मी खेमराज रेग्मीले उच्चशिक्षा पढ्दा ध्यानदिनुपर्ने कुराहरु र सफलताका लागि अपनाउनु पर्ने तथ्यहरुका सम्बन्धमा अभिमुखिकरण गर्नुभएको थियो ।

शंकरनगर स्थित दलान रिसोर्टमा भएको कार्यक्रममा शिक्षक काशी गौतम, विद्यार्थीहरु शुसिल सुवेदी र मिलन कुवँरले आफ्नो अनुभव सुनाउनु भएको थियो ।
यस्तै अँशु कुवँर र करिना कोईरालाले नृत्य तथा गोबिन्द चापागाई, असिम पोखरेल र दिपसन क्षेत्रीले सांगीतिक प्रस्तुती राख्नु भएको थियो ।









