
काठमाण्डौ ।
प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज काठमाण्डौमा प्रदर्शन गर्दैछ ।
दिउँसो १२ बजे भृकुटीमण्डपमा विरोध सभा गर्नु अघि काठमाण्डौका विभिन्न ठाउँबाट जलुस निकाल्ने तयारी भएको र सभालाई नेकपाका अध्यक्ष द्वयसहित शीर्ष नेताले सम्बोधन गर्ने छन् ।



केन्द्रीय सङ्घर्ष समितिले पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट विभिन्न नेताहरूको नेतृत्वमा जुलुस निस्कने जनाएको छ ।प्रचण्ड नेपाल समूहले यसअघि गएको ९ गते पनि काठमाण्डौमा प्रदर्शन गरेको थियो भने २२ गते आमहड्ताल गरेको थियो ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भङ्ग गर्दै बैशाख १७ र २७ गते चुनावको घोषणा गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ ।








