
गुल्मी ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ गुल्मीको अध्यक्षमा टोपबहादुर बस्नेत चयन भएका छन् ।
बुधबार जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न दोस्रो जिल्ला अधिवेशन तथा तेस्रो साधारण सभाले बस्नेतको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।



यसअघि पनि अध्यक्ष रहेका बस्नेत दोस्रो कार्यकालका लागि अध्यक्षमा पुनः चयन भएका हुन् । समितिको उपाध्यक्षमा रामप्रसाद पन्थी,सचिवमा गोपलप्रसाद पाण्डेय,सहसचिवमा मनकला जिसी, कोषाध्यक्षमा रुद्राबहादुर केसी चयन भएका छन् ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ गुल्मीमा हाल झण्डै २ सय बढी सदस्यहरु आबद्ध रहेको संघले जनाएको छ ।









