
काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियान फागुन २ गतेदेखि गर्ने भएको छ ।
मन्त्रालयका अनुसार इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) ले दोस्रो चरण खोप अभियानमा खोप लगाउने प्राथमिकताको सूची अनलाइनमार्फत राख्नेछ । सरकारले पहिलो चरणको खोप अभियान माघ १४ गतेदेखि सुरु भएर ११ दिनसम्म चलेको थियो ।



खोपको प्राथमिकतामा परेका थप वर्ग सञ्चारकर्मी तथा कूटनीतिक नियोगका कर्मचारी को लागि शुक्रबारसम्म खोप दिइनेछ । दोस्रो चरणको खोप लगाउने प्राथमिकतामा निजामती कर्मचारी र उमेर समूह हेरेर प्राथमिकीकरण गरिने मन्त्रालयले जनाएको छ ।
दोस्रो चरणको खोप अभियान ७७ वटै जिल्लाबाट वितरण गरिने मन्त्रालयले जनाएको छ ।








