
काठमाडौं ।
पटक–पटक अनसनमा बस्दै आएका डा. गोविन्द केसीले पुन अनसन बस्ने तयारी गरेका छन्।
चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै यसअघि पटक पटक अनसन बस्दै आएका केसी यसपटक भने प्रतिनिधिसभा मार्न नदिन, संविधानको रक्षा गर्न र चिकित्सा शिक्षा सुधारको लागि २० औँ सत्याग्रह शुरू गर्न लागेका हुन् ।



सत्याग्रहबारे जानकारी दिन डा.केसीले आज माइतीघर मण्डलामा दिउँसो १ बजे कार्यक्रमको आयोजना गरेका छन् ।








