
अर्घाखाँची, ३० माघ
अर्घाखाँचीको पाणिनी गाउँपालिकाले पालिकाको वडा नं.६ धातिवाङ्गका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । आज एक कार्यक्रमा गरि धातिवाङ्गका ३० जना ज्येष्ठ नागरिकलाई दोसल्ला र कासँको थालले सम्मान गरिएको हो ।ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्दै पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद घिमिरेले ज्येष्ठहरुलाई सम्मान गर्न पाउँदा खुसी भएको बताउँनुभयो। उहाँले आगामी वर्षमा पनि ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्दै जानुपर्ने भन्दै ज्येष्ठ नागरिक लक्षित कार्यक्रम वडाबाट सञ्चालन गर्नका लागी बजेट विनियोजन गर्नका लागी जनप्रतिनिधीहरुको विशेष ध्यान जानका लागी आग्रह गर्नुभयो ।कार्यक्रममा गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख कमलकान्त खनालले ‘ज्येष्ठहरुको सम्मान कार्यक्रम प्रंशसनिय रहेको बताउँदै अरु वडा पनि ज्येष्ठहरुको सम्मान गरिने भन्दै गाउँपालिकाले ज्येष्ठ नागरिक परिचय पत्र वितरण गरेको बताउँनुभयो।कार्यक्रममा धातिवाङ्ग स्वास्थ्य चौैकी इन्चार्ज मित्रदेव पौडेलले ज्येष्ठ नागरिकहरु भाग्यमानी भएको बताउँदै स्वास्थ्य क्षेत्रबाट प्राप्त हुने स्वास्थ्य सेवा सुविधा सरकारको नियमअनुसार घरघरमै पुयाउँने बताउँनुभयो।
कार्यक्रममा सम्मानित नरबहादुर रेगामीले सम्मान कार्यक्रम राखेकोमा धन्यवाद व्यक्त गर्दै ज्येष्ठहरुको सम्मान कार्यक्रम प्रभावकारी रहेको बताउँनुभयो ।












