ट्रेन्डिङ

घरदैलोमै सेवा: रामपुरको एकीकृत घुम्ती शिविरमा नागरिकको उत्साहजनक सहभागिता

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकार सम्बन्धी सचेतना कार्यक्रम समपन्न

रामपुर–८ मा नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न

वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ

वर्षा नहुँदा तराई तातिदै, भैरहवामा तापक्रम ३७.५ डिग्रीबाट माथि उक्लँदै

रवि लामिछाने पुगे दिल्ली, भाजपा महासचिवले गरे स्वागत

प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा

नेपाल–भारत सीमा बारे प्रधानमन्त्री शाहको अभिव्यक्ति बारे परराष्ट्र मन्त्रालयको स्पष्टीकरण

“पाल्पा अस्पताललाई ५० शैयाको आधुनिक अस्पताल बनाउँछौं” : मुख्यमन्त्री आचार्य

गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?

प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त, राष्ट्रपतिबाट लिए शपथ

पाल्पा बन्यो मुलुककै पहिलो ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त’ जिल्ला

विद्यालय तहबाटै अभिभावक सचेतना आवश्यक: प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल

रिब्दीकोटमा अभिभावक शिक्षा अभियान तीव्र, आज वडा नं. १ मा विशेष कार्यक्रम हुँदै,अन्य वडामा पनि तयारी तीव्र

रिब्दीकोटमा “उपाध्यक्षसँग विद्यालय कार्यक्रम” सुरु,अभिभावक शिक्षा र असल अभिभावकत्वमा जोड

तिनाउ गाउँपालिकाको सातौँ अध्यक्ष प्रतियोगिता सम्पन्न

लुम्बिनी प्रदेशका २ मन्त्रीसहित ७ जनालाई काँग्रेसले सोध्यो स्पष्टीकरण

रुपन्देही मालपोतका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध किर्ते गरेको आरोपमा मुद्दा दायर

अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

नेपाली कांग्रेसका रामेछाप सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) निलम्बित

बुटवलका क्लिनिकको कमाउ धन्दा : असुरक्षित औषधि प्रयोगले लियो ज्यान

तिनाउमा कोरियन (कोइका) को आर्थिक सहयोग: कृषकको आम्दानी बढाउने लक्ष्यसहित नयाँ परियोजना सुरु

बुटवल दुर्घटना: ईभि हाइसको ठक्करले एकको मृत्यु, युवती गम्भीर,चालकसहित सवारी नियन्त्रणमा

तिनाउ गाउँपालिकाले सम्हाल्यो नुवाकोट डबली, संस्कृति जोगाउने अभियान सुरु

लुम्बिनी र कोशीमा दुई दिन तीव्र हावाहुरीको खतरा, सर्वसाधारणलाई सावधानीको अपिल

एनआरएनएको अध्यक्षमा हेमराज शर्मा सर्वसम्मत चयन

पेट्रोल, डिजल र मट्टितेलमा भारी मुल्य बृद्धि

तिनाउ गाउँपालिकाको पहलमा तीन तहका सरकारको लागत साझेदारी, विपन्न परिवारलाई सुरक्षित बसोबास

अन्तिम पुनरावलोकनपछि आयोगको नतिजा सार्वजनिक: ६६.७६ अंकसहित रैनादेवी छहरा गाउँपालिकाको उत्कृष्ट प्रदर्शन

कांग्रेसले एक सीट थप्यो, इलाम १ मा निश्कल राई विजयी

मत नपुग्दा रुपन्देहीमा काँग्रेस–एमालेसहित १४३ उम्मेदवारको जमानत जफत

पाल्पामा नसर्ने रोगहरुको स्क्रिनिङ अभियान तीव्र

पाल्पाको तिनाउमा टिप्परको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको मृत्यु

महाशिवरात्रि शान्ति, सद्भाव र समृद्धिको पर्व बनोस् : प्रधानमन्त्री कार्की

पाणिनि गाउँपालिका देशकै नम्बर १, कार्यसम्पादनमा ८३.८४ अंकसहित शीर्ष स्थानमा

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

डोल्पा जिप दुर्घटना : एकको मृत्यु, चालकसहित ३ जना घाइते

टोपबहादुर रायमाझी र बेचन झाको मुद्दामा सुनुवाइ हुँदै

सुनको मूल्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच? DEVILS

चर्चित निर्वाचन क्षेत्र: चितवन- २ को चुनावी गणित, रविलाई मीनाको चुनौती

स्थानीय तहको न्याय सम्पादन सुदृढ गर्न तिनाउमा दुई जिल्लाको संयुक्त अन्तरक्रिया

आज माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी पर्व मनाइँदै

उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

अफगानिस्तानमा चिनियाँ रेस्टुरेन्ट बाहिर विस्फोट: ७ जनाको मृत्यु, आइएसआइएसले लियो जिम्मेवारी

कस्तो छ आजको मौसम पूर्वानुमान ?

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

दुर्गा प्रसाईको अभिव्यक्तिमाथि अनुसन्धान गर्न निर्वाचन आयोगको साइबर ब्यूरोलाई पत्र

काठमाडाैंको मेयरबाट बालेनले दिए राजीनामा

४० प्रतिशत प्रतिनिधिको शक्ति मान्य: देउवा पक्षलाई आयोगको स्पष्ट अस्वीकार

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

काँग्रेसको महाधिवेशन बैशाख २८-३१ मा गर्न कार्यवाहक सभापति खड्काको प्रस्ताव

भारतको छत्तीसगढमा मुठभेडमा १४ माओवादी मारिएको दाबी

चुनाव सबै कुराको समाधान होइन, लक्ष्य र प्रतिवद्धता स्पष्ट हुनुपर्छ : झलनाथ खनाल

रम्भा गाउँपालिकामा खेलकुद उत्साह : ७४ स्वर्ण, ७४ रजत र ११० कांस्य पदकका लागि प्रतिस्पर्धा

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न : उपाधि महाकाली माविलाई , गंगा मावि दोस्रो

उज्यालो नेपाल पार्टी रास्वपामा विलय, कुलमानलाई उपसभापति बनाउदै भयाे ७ बुँदे सहमति

यी हुन् काँग्रेसका ११० समानुपातिक उम्मेदवार

समानुपातिकमा ६४ राजनीतिक दलले बुझाए बन्द सूची

रैनादेवी छहरामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड सुरु, प्रमुख प्रशासकीय अधिकृत रणपालले  दिए व्यवहारिक सीप, दक्षता र सामूहिक लक्ष्यको  सन्देश

संस्कारको नाममा सीमा नाघ्यो विद्यालय, बालबालिकालाई दुलाहा–दुलही बनाइयो

माथागढीका ५० विद्यार्थीलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा झोला वितरण

अर्घाखाँचीको भूमिकास्थानमा विद्यार्थी बोकेको जीप दुर्घटना, चालकको मृत्यु, १४ जना घाइते

रुपन्देहीमा निर्वाचन केन्द्रित सुरक्षा : ठगी आरोपमा तिलोत्तमाका ७ सहित ९ जना पक्राउ

सिंहदरबारका अधिकार गाउँमै पुर्‍याउने प्रयास : सियारी गाउँपालिकाको घुम्ती शिविर प्रभावकारी

रिब्दीकोटको कोहल खेलमैदानमा सातौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

सौभाग्यले जित्यो माथागढी राष्ट्रपति रनिङ शिल्डको उपाधि

रिब्दीकोट गाउँपालिकामा तेस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

रैनादेवी छहरा पूर्ण संस्थागत प्रसूति गाउँपालिका घोषित : स्वास्थ्य मन्त्रालयको प्रशंसा

नेपाली कम्युनिस्ट पार्टीले पाल्पामा मंसिर २३ गते ‘एकता सन्देश सभा’ आयोजना गर्दै

माथागढीमा सातौँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन : १८ विद्यालयका खेलाडी भिड्दै

तिनाउ गाउँपालिकामा पहिलो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न : नागरिकका प्रश्न–सुझावलाई गम्भीरतापूर्वक समाधान गर्ने प्रतिवद्धता

जलेश्वरलाई धार्मिक–पर्यटकीय गन्तव्य बनाउन महायज्ञ महत्वपूर्ण : अध्यक्ष कार्की

कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’

एनपिएलः कर्णाली याक्सविरुद्ध काठमाडौंको सहज जित

एमालेको ११औँ महाधिवेशनको आधिकारिक लोगो सार्वजनिक

आज देशका अधिकांश भागमा आंशिक बदली हुने

एमाले महाधिवेशनः देशैभरि प्रतिनिधि छनोट सम्पन्न

बुटवलको नयाँगाउँ खानेपानीमा लफडा, २६ परिषद् सदस्यले गरे साधारणसभा बहिस्कार

नेकपा विघटन हुँदाको पिडा आज बिर्सिए : भीम रावल

एन्फाले १२० दिनभित्र ए डिभिजन लिग गर्न तयार

भीम अस्पताल भैरहवाको मेसुमा नियुक्त भइन डा. वर्षा थापा

रम्भा बजारमा म्याद गुज्रिएका सामान हटाइँदै, पालिकाको अनुगमन टोली सक्रिय

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु

पाल्पाको रामपुरमा सडक दुर्घटना, पैदलयात्री र चार मोटरसाइकल सवार घाइते

रैनादेवी छहरा गाउँपालिकाबाट दुर्घटनाग्रस्त परिवारलाई राहत : अध्यक्ष भट्टराईको नेतृत्वमा घरमै पुगेर जनही २५ हजार सहयोग

जनताको सेवाबाट देशको नेतृत्वतर्फ — कुलमान घिसिङको ‘नेपाल जनसेवा’ पार्टी दर्ता तयारी पूरा

रायोको साग खेती: साना जग्गामा ठुलो आम्दानीको नयाँ बाटो

फोक्केआँप कृषि सहकारीको १२औं साधारणसभा सम्पन्न

हङकङ सिक्सेसमा नेपाल युएईसँग पराजित

११ बुँदे प्रस्ताव पारित गर्दै सकियो रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक

सार्वजनिक रूपमै चिच्याएर ‘सत्यवती बज्यै’ सँग वर माग्ने मेला सकियो

आठ वर्षपछि बन्ने भयो रम्भाको प्रशासकीय भवन

म्याद सकिएका सामानदेखि तोल–काँटासम्म निरीक्षण : रम्भाको बजार अनुगमन अभियान

अध्यक्षसँग स्वास्थ्य बीमा कार्यक्रम : रिब्दीकोट गाउँपालिकाको फरक र उदाहरणीय पहल

रिब्दीकोट गाउँपालिकामा उपाध्यक्षसँगै करेसाबारी कार्यक्रम :विद्यार्थीको हातमा बीउ, मनमा सिप अभियान सुरु

३८ करदाता कार्यालय खारेज गर्दै सरकार, वैकल्पिक व्यवस्थाबारे यस्तो प्रष्टीकरण

एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन प्रयासरत छु : प्रधानमन्त्री कार्की

जापानले दियो तानसेन र रैनादेवी छहरालाई दमकल

आँधी कालमेगी: फिलिपिन्समा ११४ जनाको ज्यान लिएर भियतनामतर्फ अघि बढ्यो

तपाईको फेसबुक अकाउन्ट कसरी सुरक्षित गर्ने ? जान्नैपर्ने यि १० कुरा !


काठमाडौं ।
अहिलेको समयमा फेसबुक अकाउण्ट नभएको मानिस कमै हुन्छन् । फेसबुक तपाईंका लागि सहज मात्रै नभएर खतराको विषय पनि बन्न सक्छ, त्यसैले यसलाई सुरक्षित रुपमा प्रयोग गर्ने तर्फ हरेक प्रयोगकर्ताले ध्यान दिन जरुरी छ । आज हामी तपाईंहरुलाई फेसबुक कसरी सुरक्षित रुपमा प्रयोग गर्ने भन्ने विषयमा जानकारी दिन गइरहेका छौँ ।

१. बलियो पासवर्ड
सबैभन्दा पहिला तपाईंले फेसबुकमा मजबुत पासवर्ड राख्नुपर्ने हुन्छ । फेसबुकले सधैं प्रयोगकर्तालाई त्यसका लागि प्रयोगकर्तालाई समेत सचेत गराउँदै आइरहेको छ । तर तपाईं हामी धेरैले भने यसलाई त्यति गम्भीरताका साथ लिइहरेका हुँदैनौँ । तर यो एकदमै जरुरी छ ।

अंग्रेजी ठूलो, सानो अक्षर, अंक, र चिन्हहरु सबैलाई मिश्रित रुपमा राखेर आफ्नो पासवर्ड बलियो बनाउन सकिन्छ । सम्झिन सजिलो ठानेर आफनो व्यक्तिगत सूचना तथा जानकारीसँग सम्बन्धित र अरुले सहजै अनुमान लगाउन सकिने किसिमका शब्द तथा अंक पासवर्डमा नराख्नुहोस् ।

त्यस्तै ईमेल, फेसबुक, ट्वीटर, इन्स्टाग्राम लगायतका विभिन्न आईडीका लागि एउटै पासवर्ड पनि नराख्नुहोस् । किन कि कुनै कारण एउटा आईडी ह्याक हुँदा ह्याकरले अन्य अकाउण्टमा समेत पहुँच बनाउन सक्छ ।

२. टु फ्याक्टर अथेन्टिकेसन
टु फ्याक्टर अथेन्टिकेशन प्रयोग गरेर तपाईंले आफ्नो अकाउण्ट थप सुरक्षित बनाउन सक्नुहुन्छ । टु फ्याक्टर अथेन्टिकेसन भनेको तपाईंले फेसबुक लगईन गर्ने बेलामा पासवर्ड राखेपछि फेसबुकले तपाईंको फोनमा एउटा ओटीपी कोड (म्यासेज) पठाउँछ । र त्यो कोड राखेपछि मात्रै तपाईंले आफ्नो फेसबुक खोल्न पाउनुहुन्छ ।

यो फिचर प्रयोग गर्नको लागि सबैभन्दा पहिला तपाईं आफ्नो फेसबुकको सेटिङमा गएर सेक्युरिटी एण्ड लगईन भन्ने अप्सन छनौट गर्नुहोस् । यसमा टु फ्याक्टर अथेन्टिकेशन भन्ने अप्सन छ र त्यहाँ रहेको युज टु फ्याक्टर अथेन्टिकेसनमा जानुहोस् ।

अब त्यहाँ गूगल अथेन्टिकेटर प्रयोग गर्ने कि एसएमएस प्रयोग गर्ने भनेर दिइएको हुन्छ । त्यसमा हामी तपाईंलाई एसएमएसको विकल्प छनौट गर्न सुझाव दिन्छौँ ।

किन कि यो अलि सहज र बढी सुरक्षित हुन्छ । अब त्यहाँ आफ्नो फोन नम्बर राख्नुहोस् । त्यस पछि तपाईंको फोनमा ओटीपी कोड आउँछ । र त्यही कोडलाई त्यहाँ रहेको बक्समा राख्नुहोस् । यति गरेपछि तपाईंको फेसबुकमा टु फ्याक्टर अथेन्टिकेशन एक्टिभ हुन्छ ।

यस बाट अब तपाईंले जुन कुनै नयाँ डिभाइसमा फेसबुक लगईन गर्दा ओटीपी कोड अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा कसैले तपाईंको पासवर्ड थाहा पाइहाले पनि ओटीपी कोड बिना फेसबुक खोल्न सक्नेछैन ।

३. ट्रस्टेड फ्रेन्ड्स
फेसबुकले ट्रस्टेड फ्रेन्ड्स अर्थात विश्वासिलो साथीलाई एड गर्ने एउटा अर्को फिचर पनि दिएको छ । त्यसमा चाहिँ तपाईंले आफ्नो विश्वासिलो साथीलाई एड गर्न सक्नुहुन्छ ।

कहिले काहिँ तपाईंले आफ्नो पासवर्ड र सेक्युरिटी सम्बन्धि प्रश्न तथा उत्तर बिर्सिँएको खण्डमा फेसबुकले तपाईंले एड गर्नुभएको विश्वासिलो साथीलाई एउटा ओटीपी कोड पठाइदिन्छ । र त्यो कोड बाट तपाईंले आफ्नो फेसबुक लगईन गर्न सक्नुहुन्छ ।

यो फिचर प्रयोग गर्नका लागि फेसबुकको सेटिङमा रहेको सेक्युरिटी एण्ड लगईन अप्सनमा जानुहोस् । अब त्यहाँ रहेको सेटिङ अप एक्स्ट्रा सेक्युरिटी भन्ने अप्सन छानेर ‘योर फ्रेन्ड्स टु कन्ट्याक्ट ईफ यू गेट लग्ड आउट’ सेलेक्ट गर्नुहोस् । र त्यहाँ चुज ट्रस्टेड कन्ट्याक्टमा थिचेपछि तपाईंले आफ्नो विश्वासिलो साथीलाई एड गर्न सक्नुहुन्छ ।

४. अलर्ट अबाउट अनरिकग्नाइज्ड लगईन
अघिकै सेटिङ अप एक्स्ट्रा सेक्युुरिटीमा गेट अलर्ट अबाउट अनरिकग्नाइज्ड लगईन भन्ने अप्सन पनि छ । त्यो इनेबल गर्नुभयो भने अस्वभाविक ठाउँ वा अस्वभाविक डिभाइसबाट तपाईंको फेसबुक अकाउण्ट कसैले खोल्यो भने तत्काल तपाईंलाई म्यासेन्जरमा वा ईमेलमा नोटिफिकेसन आउँछ ।

यो फिचर प्रयोग गर्नका लागि अघिकै ‘सेटिङ अप एक्स्ट्र सेक्युरिटीमा गेट अलर्ट अबाउट अनरिकग्नाइज्ड लगईन’ मा जानुहोस् । र त्यहाँ इमेल आईडी, म्यासेञ्जर वा फेसबुक, कुनमा नोटिफिकेसन पाउन चाहनुहुन्छ, त्यसलाई छनौट गर्नुहोस् । हामी चाहिँ यहाँनिर सबै अप्सन छनौट गर्न सुझाव दिन्छौँ ।

५. जहाँ तपाईंको फेसबुक लगईन छ
तपाईंको फेसबुक अरु कसैले चलाइरहेको त छैन रु यसबारे ढुक्क हुन चाहनुहुन्छ भने फेसबुकले त्यसको विकल्प पनि दिएको छ । यसका लागि सुरुमा फेसबुकको सेटिङमा जानुहोस् । अब सेक्युरिटी एण्ड लगईनमा गएर ‘ह्वेर यू आर लग्ड ईन’मा तपाईंले आफ्नो फेसबुक अन्यत्र कसैले चलाइरहेको छ वा छैन भन्ने कुरा हेर्न सक्नुहुन्छ ।

यदि कसैले चलाईरहेको रहेछ वा कतै लगईन छ भने छेउमा रहेको तीन ओटा थोप्लामा थिचेर लगआउट गर्न सक्नुहुन्छ । यदि तपाईंलाई त्यो डिभाइसको बारे अझ धेरै जानकारी लिनु छ भने ‘सेक्योर अकाउण्ट’मा गएर हेर्न सक्नुहुन्छ ।

६. अनलिंक सर्च इन्जिन
फेसबुक अकाउण्ट सुरक्षित राख्नका लागि अर्को ध्यानमा राख्नुपर्ने महत्वपुर्ण कुरा चाहिँ सर्च इन्जिनहरु तपाईंको प्रोफाइलसँग लिंक भएका हुनसक्छन् । त्यसो हुन नदिनेतर्फ ध्यान दिनुहोस् ।

यदि लिंक भएका छन् भने आफ्नो फेसबुकको सेटिङमा जानुहोस् । त्यहाँ रहेको प्राइभेसी सेटिङ भन्ने अप्सन थिच्नुहोस् । र स्क्रोल गरेर अन्तिममा जानुहोस् । अन्तिम अप्सन ‘अलाउ सर्च इन्जिन आउटसाइड अफ फेसबुक टु लिंक टु योर प्रोफाइल’ मा इनेबल छ भने डिसेबल गर्नुहोस् ।

७. व्यक्तिगत जानकारीमाथि नियन्त्रण
अब अघिको स्थानबाट पछाडि फर्किनु भयो भने प्राइभेसी सेटिङमै क(कसले तपाईंको फ्रेन्ड्स लिस्ट, ईमेल एड्रेस, र फोन नम्बर हेर्न सक्छ भनेर त्यसको जानकारी दिइएको हुन्छ ।

पालैपालो यी तीनै अप्सनमा थिचेर अन्ली मी अप्सन छनौट गर्नुहोस् । यति गरेपछि तपाईंको फेसबुकको फ्रेन्ड लिस्ट, तपाईंको फोन नम्बर र ईमेल आईडी अरुले हेर्न पाउने छैन ।

८. फेस रिकग्निसन
तपाईंको साथीले फोटो पोस्ट गर्दा कहिलेकाहिँ फेसबुकले तपाईंको अनुहार चिनेर आफै ट्याग गरिदिन्छ । यसबाट छुट्कारा पाउन चाहनुहुन्छ भने फेसबुकको सेटिङमा जानुहोस् र त्यहाँ रहेको प्राइभेसीको दोश्रो विकल्प ‘फेस रिकग्निशन’मा प्रवेश गर्नुहोस् ।

अब ‘कन्टिन्यु’ थिच्नुहोस् र टर्न अफमा जानुहोस् । यति गरेपछि अब फेसबुकमा अरुले तपाईंको फोटो पोस्ट गर्दा आफै ट्याग हुने झञ्जटबाट छुट्कारा पाउन सक्नुहुनेछ ।

९. थर्ड पार्टी एप
फेसबुकबाट हामीले विभिन्न थर्ड पार्ट एपहरु प्रयोग गरिरहेका हुन्छौँ । तर तपाईं हामी मध्ये धरैलाई फेसबुक नै चलाइरहेको जस्तो लागिरहेको हुन्छ ।

तपाईंको अनुहारलाई बुढो देखाउने, भविष्य बताइदिने, तपाईंलाई सबैभन्दा धेरै माया गर्ने मान्छेको नाम भनिदिने, र यस्तै किसिमका अनेक आकर्सक क्याप्सन राखेर अनेकौं थर्डपार्टी एपहरुले तपाईंलाई प्रयोग गर्न लोभ्याइरहेका हुन्छन् ।

त्यस्ता एपहरुबाट तपाईंको फेसबुक ह्याक हुन सक्ने सम्भावना पनि रहन्छ । र तपाईंको महत्वुर्ण अनि एकदमै गोप्य डेटा पनि लिनसक्छ । त्यसैले सकेसम्म त्यस किसिमका एपहरु प्रयोग गर्दै नगर्नुहोस् ।

१०. फेसबुकसँग भएको जानकारी
फेसबुकले तपाईंको महत्वपुर्ण सूचना र जानकारी सेभ गरेर राखेको हुन्छ, भन्ने बारेमा त तपाईं जानकार नै हुनुहुन्छ होला । तपाईंको कुन कुन डेटा फेसबुकले सेभ गरेको छ, भनेर तपाईं आफैंले पनि हेर्न सक्नुहुन्छ ।

त्यसका लागि सेटिङमा जानुहोस् । र त्यहाँ अलि तल रहेको ‘योर फेसबुक इन्फरमेस’ छ । त्यसको पाँचौ विकल्प “डाउनलोड योर इन्फरमेसन’ छनौंट गर्नुहोस् । त्यहाँ सबैभन्दा तल ‘क्रियट फायल’ अप्सनमा जानुहोस् ।

यति गरेपछि फेसबुकमा तपाईंको अनुरोध जान्छ । फायल तयार भएपछि फेसबुकले तपाईंलाई जानकारी दिन्छ र त्यसलाई डाउनलोड गरेर ‍फेसबुकसँग रहेको आफ्नो डेटा हेर्न सक्नुहुन्छ ।

फेसबुकमाथि बेलाबखत प्रयोगकर्ताका यस्ता डाटा बिक्री गरेको आरोपको सामना गर्दै आएको छ । तपाईं यस किसिमको आफ्नो डेटा फेसबुकसँग नरहोस् भन्ने चाहनुहुन्छ भने प्रयोग गर्न बन्द गर्नु सिवाय हाललाई अर्को विकल्प छैन ।

अन्त्यमा
यसरी तपाईं आफ्नो फेसबुक अकाउण्टलाई सुरक्षित राख्न तथा सुरक्षित रुपमा चलाउन सक्नुहुन्छ । तर, यति गर्दैमा फेसबुक पूर्णतः सुरक्षित हुन्छ भनेर ढुक्क भने नहुनुहोस् । फेसबुक लगईन गरेपछि लगआउट गर्न कहिल्यै पनि नबिर्सिनुहोस् । एजेन्सीको सहयोगमा

सम्बन्धित खवर