
दिपक भट्टराई,फाल्गुन १



अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड न ।८ मा रहेको कमला माध्यमिकमा विधालयमा पशुपति रोटरी क्लव काठमाण्डौको सहयोगमा भवन निर्माण तथा ICT Lab स्थापना सम्बन्धि सम्क्तौतामा हस्ताक्षर तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पाणिनी गाउँ पालिकाको कमला मा वि पुरानो तथा शैक्षिक नतिजा राम्रो दिने विधालय रुपमा चिनिदै आएको छ। विधालयमा एक कार्यक्रमा आयोजना गरि सहयोगका लागी सम्क्तौता पत्रमा हस्ताक्षर गरिएको विधालयका प्र.अ गोविन्दराज पन्थी ले जानकारी दिनु भयो । आउदा दिनमा विघालयको गुणस्तर सुधार गरी विधार्थीहरुको थप शिप तथा क्षमता विकासका लागी होस् भनेर उक्क्त संयोग गरिएको पशुपति रोटरी क्लबका अध्यक्ष शालिकराम अधिकारीले बताउनुभयो विधालयमा भवन निर्माण तथा तथा ICT Lab स्थापना लागि क्लबको तर्फबाट अध्यक्ष शालिकराम अधिकारी र विधाललयको तर्फबाट प्र अ गोविन्दराज पन्थीले सम्क्तौतामा पत्रमा हस्ताक्षर गर्नु भएको थियो। यसरी विधालय लाई थप सहयोग गरेकोमा प्र.अ गोविन्दराज पन्थीले थप हौसला मिलेको भन्दै सहयोग गर्ने क्लवलाई धन्यवाद समेत दिनुभयो । कार्यक्रममा पशुपति रोटरी क्लब र अर्घाखाँची रोटरी क्लबका पदाधिकारी वार्ड अध्यक्ष तथा विद्यालय परिवार,र अभिभावक हरु को उपस्थिति रहेको थियो ।









