
पाणिनी, १ फागुन
अर्घाखाँची जिल्ला को पाणिनि गाउँपालिका वडा नं। ३ खिदिम निवासी स्व। राजिब गौतमको स्मृतिमा निर्माण गरिएको प्रतिक्षालयको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।कार्यक्रममा पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले स्व। राजिब गौतम एक समाजसेवी र ईमानदार व्यक्ती भएको बताउनुभयो ।कार्यक्रममा पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम, नेपाली काँग्रेस पाणिनीका संयोजक बिष्णु अर्याल, मनिस अधिकारी ,पशुपती गौतम लगाएतको उपस्थिती रहेको थियो ।२०७४ भदौ २ गते खिदिम ढाब निबासी राजिब गौतमको अल्पआयु मै निधन भएको थियो । कार्यक्रम स्थानिय समाजसेबी कोश्लेस्वर गौतमको अध्यक्षता र बिष्णु भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।












