
पाल्पा फाल्गुन १
पाल्पामा दुधको मूल्यमा वृद्धि भएको छ । पछिल्लो समयमा किसानको मागलाई भनेर जिल्लाका डेरीवालाले मूल्य बढाएको भएता पनि त्यो मूल्य वास्तविक किसानले नपाई विचौलियालाई फाइदा हुने देखिएको छ ।जिल्ला दुग्ध उत्पादक सहकारी संघ पाल्पा र नेपाल डेरी एसोसिएसन पाल्पाको व्यानरमा आवद्ध संघ संस्थाको भेलाले २०७७ फागुन १ गतेदेखि लागुहुने गरेर दुधको मूल्य बढाएको सूचना टाँस गरिएको छ । जसमा सबैभन्दा धेरै भैंसीको मूल्यमा १५र१६ रुपैंया बढाइएको छ । भैंसीको मूल्य यस अघि पसल हेरीकन ८० देखि ८६ रुपैंया सम्म प्रतिलिटर रहेको थियो ।अहिले यसलाई बढाएर १ सय रुपैंया पुर्याएको छ । जिल्लाको तानसेनको चिनारी दुग्ध उत्पादक सहकारीले भने यस अघि नै एकलौटी रुपमा भैंसीको दुधलाई १ सय रुपैंया प्रतिलिटरमा बेचेको थियो । उसले आफ्नो संस्थामा अन्यडेरीमा भन्दा राम्रो दुध रहेको भन्दै एक सय रुपैंयामा बेचेको थियो ।किसानहरुले भने एक सय रुपैंयामा दुधको मूल्य पुर्याएको भएता पनि आफूहरुले भने ५० देखि ६० रुपैंयाको हाराहारीमा मात्र पाएको गुनासो गरेका छन् । केही टाठावाठा किसानले ८० रुपैंया नि पाएका होलान, एक किसानले नाम नबताउने सर्तमा भने तर सबैले पाएको अवस्था छैन, त्यसले किसान र उपभोक्ता मारमा पर्ने र विचौलियाहरु मोटाउने काम मात्र भएको छ ।अहिले हावातालमा मूल्य बढाएर किसान र उपभोक्तालाई लुट्ने काम डेरीहरुले गरेका छन्, उहाँका अनुसार तानसेनका ३.४ वटा डेरी मिलेर किसानलाई र उपभोक्तालाई सिन्डिकेट लगाउन पाइदैंन ।जिल्ला डेरी एसोसिएसन पाल्पाका अध्यक्ष टिकाराम खराल भने बढेको मूल्य किसानको लागि बढाइएको तर्क गर्नुहुन्छ ।













