
काठमाडौं ।
भिभोले नेपाली बजारमा वाई सिरिजको नयाँ स्मार्टफोन नेपाली बजारमा प्रस्तुत गरेको छ । कम्पनीले भिबो वाई१२ एस नेपाली बजारमा उपलब्ध गराएको घोषणा गरेको हो ।
फोनको उपलब्धताका साथ भिबोले युवाहरुलाई विभिन्न मूल्य दायरामा अर्थपूर्ण नवीनता भएका फिचर रिच स्मार्टफोनहरु प्रदान गर्ने आफ्नो लक्ष्यलाई बढावा दिएको दाबी गरेको छ ।



वाई १२ एसमा शक्तिशाली ५ हजार एमएएचको ब्याट्री, साइड–माउन्टेड फिन्गरप्रिन्ट प्रविधि र एआई ड्युअल क्यामेरा छ । वाई १२ एसले ६.५१ इन्च हलो फुलभ्यु डिस्प्ले सहित एचडी रेजोल्युसनका साथमा प्रयोगकर्तालाई निर्वाध मनोरञ्जनको अनुभव सुनिश्चित गर्दछ ।
नयाँ वाई१२ एसयुवा उपभोक्ताहरुको जीवनशैलीसँग मिल्नेगरि निर्माण गरिएको भिबोको दाबी छ । आकर्षक सेल्फीका लागि फोनमा ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ ।
फोन फ्यान्टम ब्ल्याक र ग्लासियर ब्ल्यु रंगमा उपलब्ध छ । वाई १२ एस नेपालमा १४ फेब्रुअरी २०२१ देखि उपलब्ध भएको छ । यसको मूल्य १७ हजार ९ सय ९९ रुपैयाँ कायम गरिएको छ ।








