
बुटवल ।
अर्घाखाँची ठुलापोखरा सम्पर्क समाज बुटवल रुपन्देहीको आयोजनामा रक्तसंचार केन्द्र बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार संम्पन रक्तदान कार्यक्रममा ४१ पिन्ट रगत संकलन भएको रक्तसंचार केन्द्र बुटवलले जनाएको छ ।फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा सम्पर्क समाजले नियमित बार्षिक कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।



कार्यक्रममा बोल्दै रक्तसंचार केन्द्र बुटवलका वरिष्ठ प्राबिधिक राधा ज्ञवालीले समाजले हरेक वर्ष फागुन ७ गते रक्तदान गर्ने गरेको उल्लेख गर्दै रक्तदान गर्नाले कुनै समस्या उत्पन्न नहुने बरु थप स्वस्थ भइने बताउनुभएको थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै समाजका अध्यक्ष गणेश प्रसाद भट्टराईले सम्पर्क समाजले रक्तदान का अलवा हरेक बर्ष बिभिन्न सामाजिक कार्यहरु सम्पन्न गर्दै आएको जानकारी दिदै रक्तदान गर्ने सवै रक्तदाताहरुलाई धन्यवाद दिनुभएको थियो ।

समाजका अध्यक्ष गणेश प्रसाद भट्टाराईको अध्यक्षता,सदस्य कृष्णप्रसाद पाण्डेको संयोजकत्व तथा स्वागत र सचिब टिकाराम बन्जाडेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।सो कार्यक्रम सम्पन्न गर्न आवस्यक सबै खर्च समाजका सचिब टिकाराम बन्जाडेले सौजन्य गर्नु भएको थियो ।









