
पाल्पा ।
पाल्पामा जबरजस्ती करणीको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । रैनादेवी छहराका ६५ वर्षीय मोहनीलाल खड्काले २३ वर्षीया युवतीलाई जबरजस्ती करणीको गरेको आरोपमा ति व्यक्ति पक्राउ परेका हुन् ।
विहीबार फरक क्षमता भएकी (शारीरिक रुपमा हिडडुल गर्न नसक्ने) ति युवतीलाई खड्काले जबरजस्ती करणी गरेको सूचना थाहा पाएपछि जिल्लाबाट गएको प्रहरी टोलीले उनलाई शुक्रबार पक्राउ गरेको हो ।



खड्कालाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा पक्राउ गरीे थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण पचाभैयाँले बताए ।









