
पाल्पा ।
पाल्पामा बालुवा खानीमा बालुवाको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ ।
पूर्वखोला गाउँपालिका ४ छेबकुनमा बालुवा खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर पूर्वखोला गाउँपालिका ४ बलीपोखराकी १३ वर्षीया पबित्रा सारु र ३६ वर्षीया माया देवी सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।



शनिबार दिउँसो ३ः४० मा बालुवा खन्ने क्रममा अचानक माथिबाट ढिस्को खसेपछि उनीहरु पुरिएका थिए । सारुको घटनास्थलमै र सिंहको उपचारका लागि लुम्बिनी मेडिकल कलेज लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।









