
काठमाण्डौ ।
नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार पाँच सय भन्दा तल झरेको छ ।
पछिल्लो २४ घण्टामा एक सय २१ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १४ सय ९४ जनामा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म दुई लाख ६९ हजार आठ सय ७६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।



यस्तै पछिल्लो २४ घण्टामा ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । तीन हजार तीन सय २५ जनाको पीसीआर परीक्षण भएकोमा ८० जनालाई सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले जानकारी दिनुभयो ।
आइतवार सङ्क्रमण पुष्टि भएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७३ हजार चार सय ३१ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि ज्यान गएको छैन । नेपालमा अहिलेसम्म कोरोनाबाट दुई हजार ६१ जनाको ज्यान गएको छ ।








