
पाल्पा ।
पाल्पाको तानसेनमा व्यवसायी र पसलमा विभिन्न वाहनामा ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
तानसेनका पसलहरुबाट विभिन्न वहाना बनाई तथा आश्वासन देखाई ठगी गर्ने बुटवल उपमहानगरपालिका–४ का ३८ वर्षीय नारायण सुवेदी पक्राउ परेका हुन् ।



तानसेनका बजारमा व्यवसायी र पसलमा विभिन्न वाहनामा ठगी गर्दै हिडेको अवस्थामा सुवेदीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनलाई नियन्त्रणमा लिई ठगी मुद्दामा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण पचभैयाँले जानकारी दिए ।









